काठमाडाैँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन, यस्ताे छ बस चल्ने रूट

जीवनशैलि यातयात समाचार समाज

काठमाडाैँ, २ कात्तिक २०८३ ।

काठमाडाैँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन भएकाे छ । दशैँको अवसरमा काठमाडाैँ उपत्यकामा सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको हाे  ।

दशैँमा काठमाडाैँ उपत्यकामा सार्वजनिक यातायातका साधन न्यून रूपमा चल्ने भएकाले आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ निःशुल्क २ वटा बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो । काठमाडाैँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहजताका लागि बस सञ्चालन गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई सेवा दिनेछ । त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क, हुँदै विभिन्न ठाउँका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

निःशुल्क बस सेवा आजदेखि लगातार ३ दिन अर्थात् दशैँको टीकाका दिनसम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।