लाइसेन्स निरोगिताको प्रमाणपत्र लिन अब ५ सय रूपैयाँ लाग्ने

अर्थ बजार यातयात समाचार समाज सूचना प्रविधि स्वास्थ्य समाचार

काठमाडाैँ, ५ कात्तिक २०८३ । 

लाइसेन्स निरोगिताको प्रमाणपत्र लिन अब ५ सय रूपैयाँ लाग्ने भएकाे छ । कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि आवश्यक निरोगिताको प्रमाणपत्र लिन सेवाग्राहीले अब ५ सय रूपैयाँ तिर्नुपर्ने भएको हाे।

नयाँ व्यवस्था अनुसार सेवाग्राहीले प्रदेश सरकारलाई ३५० रुपैयाँ राजस्व र चिकित्सकलाई १५० रूपैयाँ शुल्क बुझाउनुपर्नेछ। यसअघि प्रमाणपत्रका लागि ३५० रूपैयाँ मात्रै तिर्नुपर्थ्यो। प्रदेश सरकारले करारका चिकित्सकमार्फत सेवा दिँदै आएको व्यवस्था हटाएर सूचीकृत चिकित्सकबाट प्रमाणपत्र जारी गर्ने तयारी गरेको छ।

दुई वर्षअघि निरोगिताको स्वास्थ्य परीक्षण र प्रमाणपत्र जारी गर्दा अनियमितता तथा बढी रकम असुल्ने गुनासो आएपछि प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा करारका चिकित्सक खटाएको थियो। यसअघि यातयात कार्यालयमा नै स्वास्थ्यपरीक्षण हुने गरेकाे थियाे । जहाँ सेवाग्राहीले १० रूपैयाँ मात्र तिरेर स्वास्थ्यपरीक्षण गराउने गराएका थिए ।