पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैया थप, यस्ताे छ सुविधा

चर्चा बाहिरका कुरा जिल्ला विशेष जीवनशैलि समाचार समाज स्वास्थ्य समाचार

पाेखरा, ३ कात्तिक २०८३ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैया थप भएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैयाको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको हाे ।

नयाँ कक्षमा १६ शैयाको सघन उपचार कक्ष, आठ शैयाको कोरोनरी केयर युनिट र एक शैयाको आइसोलेसन आईसीयू रहेको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलले जानकारी दिनुभयो । यसअघि अस्पतालमा १० शैयाको आईसीयू सञ्चालनमा थियो । यससँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शैया सङ्ख्या ३५ पुगेको छ ।

गण्डकी प्रदेशको सुविधा सम्पन्न यो सरकारी अस्पतालमा ११ वटै जिल्लाका साथै अन्य जिल्लाबाट पनि बिरामी आउने गरेका छन् । यो अस्पतालले दैनिक दुई हजार बिरामीमा सेवा प्रवाह गरिरहेको छ । प्रतिष्ठानले एक करोड रुपैयाँ लगानी थपेर नयाँ उपचार कक्ष सञ्चालनमा ल्याएको बताइएकाे छ ।