बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ, अनुसन्धान हुँदै
काठमाडौं, २४ वैशाख २०८३ । बलात्कार आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पातारासी–५ कै लासी बजारबाट उनलाई पक्राउ गरिएको थियाे ।
पुरा पढ्नुहाेस्