साझा यातायातले काठमाडौं चितवन सटल बस सुरु गर्यो, भाडा सहुलियत

सुजन प्रेमी सुवेदी काठमाडौं, २७ वैशाख २०८३ । साझा यातायातले काठमाडौं चितवन सटल बस सुरु गरेको छ । वैशाख २६ गते शनिबारदेखि सहुलियत भाडादरमा साझाको सटल बस सेवा सुरु भएको हो । हरेक दिन बिहान ७ बजे र ९ बजे काठमाडौं नयाँबसपार्कबाट बस छुट्ने साझा यातयातले जनाएको छ । हाल काठमाडौंबाट गएको बस नै सोहिदिन […]

पुरा पढ्नुहाेस्

तनहुँ जलविद्युत् आयोजनाकाे रुख कटान अनुमति प्राप्त

तनहुँ , २६ वैशाख २०८३ । तनहुँ  जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवनमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले हिजोदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र […]

पुरा पढ्नुहाेस्

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ, अनुसन्धान हुँदै

काठमाडौं, २४ वैशाख २०८३ । बलात्कार आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पातारासी–५ कै लासी बजारबाट उनलाई पक्राउ गरिएको थियाे ।

पुरा पढ्नुहाेस्

पदाधिकारी पदमुक्त हुन थालेपछि सञ्चार र यातयात मन्त्रालयमै ५६ पद रिक्त

काठमाडाैं, २२ वैशाख २०८३ । पदाधिकारी पदमुक्त हुन थालेपछि सञ्चार र यातयात मन्त्रालयमै ५६ पद रिक्त भएकाे छ । राजनीतिक नियुक्ती पाएकाहरूकाे पद नरहने गरी सरकारले अध्यादेश ल्याएपछि अधिकांश संस्थामा पद रिक्त भएकाे हाे । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका  मात्रै ३६ जना पदाधिकारीहरू पदमुक्त भएका छन् । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पदमुक्त […]

पुरा पढ्नुहाेस्

एकल महिलाले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौ, २२ वैशाख २०८३ । एकल महिलाले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने भएको छ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको हो । मुलुकी देवानी संहिता, २०७४ को दफा २१४(२) मा ‘विधवाले अर्को विवाह गरेमा निजले अंश […]

पुरा पढ्नुहाेस्

अझै केहि दिन पानी पर्ने सम्भावना, यस्तो छ मौसमी अवस्था

काठमाडौ, २१ वैशाख २०८३ । अझै केही दिन पानी पर्ने सम्भावना देखिएको छ । पानी पर्ने प्रणाली सक्रिय देखिएकाले केहि ठाउँमा पानी पर्ने सम्भावना देखिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका एक, दुई ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ सहित ठूलो वर्षाको सम्भावना छ । अरु प्रदेशका केही ठाउँमा पनि हावाहुरी, […]

पुरा पढ्नुहाेस्

सुकुम्बासीमा नाम दर्ता गर्न छुटेकालाई सम्पर्क गर्न सरकारको आग्रह

काठमाडौं, २० वैशाख २०८३ । सुकुम्बासीमा नाम दर्ता गर्न छुटेकालाई सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । सरकारले जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको हो । शहरी विकास मन्त्रालयले सहायता आवश्यक भएका तथा सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वरको दशरथ रङ्गशालामा गई दर्ता गर्न अनुरोध गरेको […]

पुरा पढ्नुहाेस्

पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूचि सार्वजनिकः केहिकाे बढ्याे, केहिकाे घट्याे

काठमाडाैं, १८ वैशाख २०८३ ।  पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूचि सार्वजनिक भएकाे छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । नयाँ मूल्यसूचि अनुसार पेट्रोल र डिजेलको भाउ घटेको छ भने खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँले तथा डिजेल र […]

पुरा पढ्नुहाेस्

काठमाडौंको खोलाकिनारका सबै सुकुम्बासी बस्तीमा डोजर चलाइँदै

काठमाडौं, १७ वैशाख २०८३ । काठमाडौं नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । भोलि बिहान ७ बजेदेखि त्यस्ता संरचना एकै पटक खाली गराउने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर काठमाण्डौका नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका तथा अनधिकृत संरचनामा डोजर चलाउने र खाली […]

पुरा पढ्नुहाेस्

लुम्बिनी क्षेत्रबाट १५ किलोमिटर भित्रका उद्योग खाली गर्न सर्वोच्चको निर्देशन

बुटवल, १४ वैशाख २०८३ । लुम्बिनी क्षेत्रबाट १५ किलोमिटर भित्रका उद्योग खाली गर्न सर्वोच्च अदालतले निर्देशन दिएकाे छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले बुद्ध जन्मस्थल लुम्बिनीबाट १५ किलोमिटर क्षेत्रभित्र पर्ने सबै उद्योग–कलकारखाना खाली गराउन सरकारलाई पत्रसहित निर्देशन दिएको हाे । सर्वोच्चको फैसलाअनुसार निर्देशनालयले धुलो, धुवाँ वा कार्बनजन्य प्रदूषण उत्सर्जन गर्ने लुम्बिनीको पर्खाल घेराको पूर्व, […]

पुरा पढ्नुहाेस्