अबदेखि सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह दिन नपाइने

काठमाडौं, ५ वैशाख २०८३ । अबदेखि सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह दिन नपाइने भएको छ  । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारसम्बन्धी सल्लाह नदिन डाक्टरहरूलाई निर्देशन दिएको हो । काउन्सिलले सूचना निकालेर फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा ‘अनलाइन परामर्श’ को नाममा डाक्टरहरूले उपचार विधि, औषधि प्रयोग र स्वास्थ्यसम्बन्धी सामग्री सार्वजनिक गर्ने क्रम […]

पुरा पढ्नुहाेस्

बागलुङमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गयाे

बागलुङ, ३ वैशाख २०८३ । बागलुङमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएकाे छ । बागलुङको बडिगाड गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ का ३५ वर्षीय किस्मत परियारको मृत्यु भएकाे हाे । बुधबार राती बडिगाड गाउँपालिका वडा नं ५ जोगीबगरमा पर्ने मध्यपहाडी लोकमार्गमा लु ३० प ७७२१ नम्बरको मोटरसाइकल अनियन्त्रित […]

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री वालेन शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

काठमाडौं, ३ वैशाख २०८२ । प्रधानमन्त्री वालेन शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री वालेन्द्र (वालेन) शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने  कार्यतालिका बनाइएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको छलफल सङ्घ र प्रदेश सरकारसँग सम्बन्धित विविध महत्त्वपूर्ण र गहन विषयमा हुनेछ । दिउँसो […]

पुरा पढ्नुहाेस्

पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने, यस्तो छ विशेषता

काठमाडौं, २ वैशाख २०८२ । सरकारले राष्ट्रिय पञ्जीकरणका सूचना पनि नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया शुरू गरेको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिनुभयो । उहाँकाअनुसार केही समयमै तथ्याङ्क एकीकरण सकेर जन्म दर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र […]

पुरा पढ्नुहाेस्

गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन: बागलुङका २ मन्त्री, नयाँ मन्त्रीहरूले शपथ लिए

काठमाडाैँ, २ वैशाख २०८३ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा गरेर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । नयाँ मन्त्रिपरिषदमा बागलुङका जित शेरचन अर्थमन्त्री र गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हुनुभएको छ । उहाँहरूसँगै मुख्यमन्त्री सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा  नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा […]

पुरा पढ्नुहाेस्

सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले चिट काट्यो

काठमाडौँ, २ वैशाख २०८२ । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले चिट काटेको छ  । थापाथलीमा लेन क्रस गरि नियम उल्लंघन गरेको गाडीलाई सिंहदरबार पुगेर ट्राफिक प्रहरीले चिट काटेको हो । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । सभामुखको गाडीसँगै अघि  र पछि हिड्ने तीन वटा गाडीलाई चिट काटिएको ट्राफिक प्रहरी स्रोतले […]

पुरा पढ्नुहाेस्

पौडी खेल्दा बेपत्ता दुई जनामध्ये एक जनाको शव भेटियो

पाल्पा, २ वैशाख २०८३ । पौडी खेल्दा बेपत्ता दुई जनामध्ये एक जनाको शव भेटिएको छ । पाल्पाको बगनासकाली–७ दैलातुङ स्थित कालीगण्डकी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको हो । नयाँ वर्षको दिन हिजो बेलुका कालीगण्डकी नदीमा पौडी खेल्न गएका बगनासकाली गाउँपालिका–९ चाप्पानी पाल्पाका ३९ वर्षीय शरण भुसाल र त्यही ठाउँका […]

पुरा पढ्नुहाेस्

प्रकाशबाट केही सेकेन्डमै चार्ज हुने ब्याट्रीको विकास

काठमाडौँ, १ वैशाख २०८३ । प्रकाशबाट केही सेकेन्डमै चार्ज हुने ब्याट्रीको विकास भएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रकाशको प्रयोग गरेर अत्यन्त छिटो चार्ज हुने क्वान्टम ब्याट्रीको नमूना विकास गरेका हुन् । आरएमआइटी विश्वविद्यालय, मेलबर्न विश्वविद्यालय र राष्ट्र मण्डल वैज्ञानिक तथा औद्योगिक अनुसन्धान सङ्गठनका वैज्ञानिकहरूले यो ब्याट्री आविष्कार गरेको बताएका छन् । यस विकासलाई वैज्ञानिकहरूले ठूलो […]

पुरा पढ्नुहाेस्

रास्वपाले असोजमा महाधिवेशन गर्ने

काठमाडौँ, २९ चैत २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोजमा महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टीको पहिलो महाधिवेशन असोजमा गर्ने गरी आन्तरिक तयारी भएको हो । गत ७-९ फागुनसम्म महाधिवेशन गर्ने गरी पूर्व निर्धारित कार्यतालिका चुनावले गर्दा प्रभावित भएको थियो । चितवनमा गर्ने गरी विगतमा मिति तोकिए पनि महाधिवेशन हुन सकेको थिएन । गत […]

पुरा पढ्नुहाेस्

करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

सप्तरी, २८ चैत २०८२ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निवासी ६८ वर्षीय राजकुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो। शुक्रबार बिहान ९ः४५ बजे आफ्नै घरअगाडि श्रीमती ६० वर्षीया जिरावती महतोसँग बसिरहेका बेला नजिकै रहेको विद्युत् पोलबाट […]

पुरा पढ्नुहाेस्