काठमाडौँ, ४ फागुन २०८२ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो ।
पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरमा ३ रूपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ भने यथावत छ ।
चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेलको भाउ लिटरको १ सय ३९ रूपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५६ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ १ सय ४१ रूपैयाँ प्रतिलिटिर पर्नेछ । काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ १ सय ५७ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १ सय ४२ रूपैयाँ पर्नेछ ।



