जैमिनीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ, उप प्रमुख द्वारा प्रतिबद्धता पत्रमा हस्ताक्षर

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १० मंसिर २०७८ ।

जैमिनीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गरिएको छ । हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने अभियानको बिहिबार एक कार्यक्रमका बिच कुश्मिसेरामा शुभारम्भ गरिएको हो ।

जैमिनी नगरपालिकाका नगर उप प्रमुख लिला राना, प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला सहितको उपस्थितिमा सुरु गरिएको कार्यक्रममा सहभागीहरुले प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । अहिंसाको प्रतिक सेतो रिवन वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको जैमिनी नगरपालिका महिला विकास शाखाकी संयोजक देवी विकले जानकारी दिनुभयो । अभियान भर जैमिनीमा लैंगिक हिंसा संग सम्बन्धित बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको थियो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाइदै आइएको छ ।

महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता गराउन यो अभियान हुने गरेको छ । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन ।

बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने तय गरेको गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

मामाघर अनाथालय आश्रमको सामाजिक लेखा परिक्षण तथा आयव्यय विवरण सार्वजनिक

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खाँदा थप समस्या निम्तिन सक्ने