ट्राफिकसँग विवाद भएपछि त्रिपुरेश्वरमा चालकले नै बसमा आगाे लगाए, अवस्था चिन्ताजनक

अचम्मका कुरा अपराध यातयात समाचार समाज

काठमाडाैं, ५ असाेज २०८३ ।

ट्राफिकसँग विवाद भएपछि त्रिपुरेश्वरमा चालकले नै बसमा आगाे लगाएका छन् । त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको  बसमा बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामाले बा ५ ख ४२७४ नम्बरको बसमा आगजनी गराएका हुन्।

उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयाे । बसमा लागेको आगो सशस्त्र प्रहरीले दमकलको सहायतामा निभाइसकेको छ।

यता बस आगलागीमा परी घाइते भएका चालको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको छ।