सुजन प्रेमी सुवेदी
बागलुङ, २६ असोज २०८३ ।
आधा महिनापछि बागलुङ जिल्ला राष्ट्रिय सडकसँग जोडिएको छ । गएको असोज ८ देखि ११ गतेसम्मकाे वर्षाले क्षति पुगेको मालढुङ्गाको पुल मर्मत भएसँगै बागलुङ सडकसँग जोडिएको हो ।
चाडबाड लागेसँगै दिनरात खटिएर पुल मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइएको सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । बागलुङ र पर्वत जोड्नेगरी कालीगण्डकी नदीमाथि बनेको मालढुङ्गा पुल कालीगण्डकी नदीमा आएको बाढीले पर्वततर्फको एप्रोच बेस कटान गरेपछि असोज ११ गतेदेखि बन्द भएको थियो ।
बाढीले कटान गरेको स्थानमा ग्याबिन जाली लगाउने र माटो भर्ने गरेर मर्मत सम्पन्न गरिएको छ । पुल मर्मत भएपछि बागलुङ जिल्ला मध्यपहाडी राजमार्गमा जोडिएको छ । यातयात सञ्चालन हुन थालेपछि दशैँमा घर आउनेहरुलाई सम्त सहज भएको छ ।
