आमाप्रतिको प्रेम र सम्मानः १३ दिन किरिया बसिन् छोरी दीपिका, छोरा छोरी बराबरीको उदाहरण

चर्चा बाहिरका कुरा जीवनशैलि धार्मिक तथा आध्यात्मिक समाचार समाज

राजु गुरुङ
चितवन, ८ कात्तिक २०८३ ।

आमाको मृत्यु भएपछि छोरीले किरिया गरेकी छन् । गोरखा पालुङटार घर भै चितवन बस्दै आएकी दीपिका न्यौपानेले आमाको मृत्युमा दाजुभाइसँगै किरिया गरेकी हुन् ।

गत असोज २४ गते आमा टीकामाया अधिकारी न्यौपानेको ५२ वर्षको उमेरमा असामयिक निधन भएपछि छोरी दीपिकाले छोरा र छोरीमा भेदभाव नहुने भन्दै १३ दिन नै किरियामा बसेको परिवारले जनाएको छ । दीपिकासँगै मृतक टीकामायाका छोराहरू कमल न्यौपाने, बिमल न्यौपाने, उत्तम न्यौपाने र निर्मल न्यौपानेले किरिया गरेका थिए ।

छोराहरु भएपनि छोरीले समेत किरिया गरेको विरलै देख्न पाइन्छ । आमाको सम्मानमा आफूले पनि दाजुभाइ सरह किरिया गरेको दीपिकाको भनाई छ । आमाबुबाप्रतिको माया, सम्मान र अन्तिम संस्कारमा छोरीको भूमिका पनि छोरासरह नै महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरण दीपिकाले दिएकी छन् ।