सकियाे दशैँः आजदेखि सरकारी कार्यालय खुल्याे, कर्मथलाे फर्किनेहरू बढे

जीवनशैलि प्रशासन यातयात समाचार समाज

काठमाडाैँ, ९ कात्तिक २०८३ । 

आजदेखि सरकारी कार्यालय खुलेकाे छ । दशैँ सकिएपछि आजदेखि सरकारी कार्यालय खुलेकाे हाे । लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न व्यवसाय पुनः सुचारू भएकाे छ ।

रोजगारी, अध्ययन तथा व्यवसायका लागि काठमाण्डौ उपत्यकामा बस्दै आएका नागरिक दशैँको टीका, जमरा र पारिवारिक भेटघाटपछि नियमित काममा फर्किन थालेका छन् । नियमित काम सुरू भएपछि संघीय राजधानी फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ।

काठमाण्डौ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाकाहरू नागढुङ्गा थानकोट, साँगा , बालाजु, बल्खु र टोखा छहरे क्षेत्रमा गाडी तथा यात्रुको चाप बढेको छ । यात्रु तथा गाडी चालकलाई ट्राफिक नियमको पालना गर्न र यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।