पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूचि सार्वजनिकः केहिकाे बढ्याे, केहिकाे घट्याे

काठमाडाैं, १८ वैशाख २०८३ ।  पेट्राेलियम पदार्थकाे नयाँ मूल्यसूचि सार्वजनिक भएकाे छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । नयाँ मूल्यसूचि अनुसार पेट्रोल र डिजेलको भाउ घटेको छ भने खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँले तथा डिजेल र […]

पुरा पढ्नुहाेस्

काठमाडौंको खोलाकिनारका सबै सुकुम्बासी बस्तीमा डोजर चलाइँदै

काठमाडौं, १७ वैशाख २०८३ । काठमाडौं नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । भोलि बिहान ७ बजेदेखि त्यस्ता संरचना एकै पटक खाली गराउने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर काठमाण्डौका नदीकिनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका तथा अनधिकृत संरचनामा डोजर चलाउने र खाली […]

पुरा पढ्नुहाेस्

लुम्बिनी क्षेत्रबाट १५ किलोमिटर भित्रका उद्योग खाली गर्न सर्वोच्चको निर्देशन

बुटवल, १४ वैशाख २०८३ । लुम्बिनी क्षेत्रबाट १५ किलोमिटर भित्रका उद्योग खाली गर्न सर्वोच्च अदालतले निर्देशन दिएकाे छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले बुद्ध जन्मस्थल लुम्बिनीबाट १५ किलोमिटर क्षेत्रभित्र पर्ने सबै उद्योग–कलकारखाना खाली गराउन सरकारलाई पत्रसहित निर्देशन दिएको हाे । सर्वोच्चको फैसलाअनुसार निर्देशनालयले धुलो, धुवाँ वा कार्बनजन्य प्रदूषण उत्सर्जन गर्ने लुम्बिनीको पर्खाल घेराको पूर्व, […]

पुरा पढ्नुहाेस्

गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइँदै

काठमाडाैं, १४ वैशाख २०८३ । गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइँदै छ । गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर र भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहरा भत्काउन थालिएकाे हाे । मनोहरा सुकुमबासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको थियाे भने गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा […]

पुरा पढ्नुहाेस्

काठमाडाैंकाे एक्सन बुटवलसम्मः बुटवलमा सरकारी जग्गामा बनाएका टहरा भत्काउन सुरू

बुटवल, १३ वैशाख २०८३ । काठमाडाैंमा सुकुम्बासी बस्ती हटाउन थालेपछि बुटवलमा पनि सरकारी जग्गामा बनाएका टहरा भत्काउन सुरू भएकाे छ । बुटवल उपमहानगर वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बनेका टहराहरू डोजरले भत्काउन सुरू गरेको हाे । बुटवल उपमहानगरले शनिबार साँझ अबेर माइकिङ गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन भनेको थियो । उपमहानगरको […]

पुरा पढ्नुहाेस्

नागार्जुनमा सुकुमवासीका लागि पाँच तले भवन तयार पारिँदै

काठमाडाैं, १२ वैशाख २०८३ । नागार्जुनमा सुकुमवासीका लागि पाँच तले भवन तयार पारिँदै छ। सुकुमवासीलाई अस्थायी बसोबास गराउन लागि नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन सफा गर्न लागिएको हाे । सुकुमवासीलाई राख्नका लागि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा बनेको तीन वटा भवनमध्ये एउटामा सुकुमवासीलाई राख्ने तयारी गरिएको छ । एउटा परिवारको लागि साना साना तीन […]

पुरा पढ्नुहाेस्

चौतर्फी आलोचनापछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिए

काठमाडाैं, ९ वैशाख २०८३ । चौतर्फी आलोचनापछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए । रास्वपा सभापति रवि लामिछानेसँगको […]

पुरा पढ्नुहाेस्

गर्भपतन गराउँदा गर्भवतीकाे मृत्यु भएपछि डाक्टर प्रहरी नियन्त्रणमा

बुटवल, ९ वैशाख २०८३ । गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटनामा जोडिएका बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खत्री नर्सिङ होमका सञ्चालक समेत रहेका डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतकका पति प्रकाश पाण्डेले गिताको मृत्युमा आर्थिक लाभको […]

पुरा पढ्नुहाेस्

अब विद्यार्थीहरूलाई अनिवार्य रुपमा ४५% भाडा छुट दिनुपर्ने, नदिए कारवाही हुने

काठमाडाैं, ९ वैशाख २०८३ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई अनिवार्य रुपमा ४५% भाडा छुट दिन निर्देशन दिएको छ । २०६५ सालमा नै नियम बनेपनि प्रभावकारी कार्यान्वयन नभएकाे भन्दै विभागले कडाइका साथ लागु गर्न निर्देशन दिएकाे हाे । विभागकाे सूचना यस्ताे छ ।

पुरा पढ्नुहाेस्

गृहमन्त्री गुरुङ रास्वपाका सभापति भेट्न उनकै निवास बूढानीलकण्ठ पुगे

काठमाडाैं, ८ वैशाख २०८३ । गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । सार्वजनिक रुपमा चर्को आलोचना भएपछि उनी आफ्ना पार्टी सभापति लामिछाने भेट्न लामिछानेकै निवासमा पुगेका हुन् । विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा मुछिएका […]

पुरा पढ्नुहाेस्