वाणिज्य विभागले निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क माग्याे, कालोबजारी गर्नेको निगरानी हुदै

काठमाडौँ, २७ फागुन २०८२ । वाणिज्य विभागले नेपाल आयल निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क मागेको छ । विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै यसको असर नेपालमा पर्न सक्ने जोखिम बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग आयात र बिक्रीको तथ्याङ्क मागेको हो । अभावको समस्या समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस […]

पुरा पढ्नुहाेस्

अर्थमन्त्रीद्वारा कूटनीतिक राहदानी फिर्ता

काठमाडौँ, २६ फागुन २०८२। अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुभएको छ । अर्थमन्त्रीका रूपमा प्राप्त कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको जानकारी उहाँले दिनुभएको हो । अर्थमन्त्री खनालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं. डीए ०००२७१० को प्रयोजन […]

पुरा पढ्नुहाेस्

जिपले च्यापेर चालकको मृत्यु

लमजुङ, २६ फागुन २०८२ । लमजुङको दोर्दी गाउँपालिका–४ लामीडाँडामा जिपले च्याप्दा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ग १ ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा दोर्दी गाउँपालिका–४ ठुलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार मृतक गुरुङ सो जितका चालक हुन् । […]

पुरा पढ्नुहाेस्

न्युजिल्यान्डलाई हराउँदै भारतले जित्याे टी–२० विश्वकपकाे उपाधि

काठमाडौँ, २६ फागुन २०८२ । न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनले हरायो । भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १५९ रन बनाउँदा सबै विकेट गुमायो । न्युजिल्यान्डका टिम साइफर्टले ५२, […]

पुरा पढ्नुहाेस्

रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

रुकुम पश्चिम, २६ फागुन २०८२ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ । उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र त्यही ठाउँकी १२ वर्षीया कल्पना ओलीको […]

पुरा पढ्नुहाेस्

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

काठमाडौँ, २६ फागुन २०८२ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको हो । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने […]

पुरा पढ्नुहाेस्

१६५ क्षेत्रकै परिणाम सार्वजनिक, रास्वपा प्रत्यक्ष र समानुपातिक दुवैमा अगाडी

काठमाडौं, २६ फागुन २०८२ । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ ।  सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गरेर विजयी हुनुभएको छ । प्रत्यक्ष तर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम […]

पुरा पढ्नुहाेस्

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण

काठमाडौँ, २५ फागुन २०८२ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको सपथग्रहण भएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सदस्यहरुलाई सपथ गराउनुभएको हो । चुनावमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित हुनुभएको थियो । मधेशप्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर, बागमतीबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल, गण्डकीबाट […]

पुरा पढ्नुहाेस्

प्रत्यक्षतर्फ ४ क्षेत्रकाे नतिजा आउन बाँकी रहँदा रास्वपाको १२४ सिट

काठमाडौँ, २५ फागुन २०८२ । गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । मतगणना अन्तिम चरणमा पुग्दा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर देखिएको छ । रास्वपाको १२४ सिट आउँदा नेपाली कांग्रेसले १७, नेकपा एमालेले ८ र नेपाली […]

पुरा पढ्नुहाेस्

सुनसरी-१ बाट हर्क साम्पाङ निर्वाचित

सुनसरी, २४ फागुन २०८२ । सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । साम्पाङले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरेका छन् ।  एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत पाए […]

पुरा पढ्नुहाेस्