ग्याँस पाउनुभएन ? आयल निगमकाे हटलाइनमा सम्पर्क गर्नुहाेस्, थप विवरण समाचारमा..

काठमाडाैँ, १६  साउन २०८३ । नेपाल आयल निगमले ग्याँस नपाएको अवस्थामा हटलाइनमा फाेन गर्न उपभाेक्ताहरूलाई अनुराेध गरेकाे छ । निगमले एक सूचना जारी गर्दै ग्याँस नपाएको अवस्थामा कार्यालय समय भित्र हटलाइन नं.०१–५९७१९०२  मा सम्पर्क गर्न अनुराेध गरेकाे हाे । निगमका अनुसार एलपी ग्याँसको आयात तथा बिक्री वितरण नियमित भइरहेको छ भने आगामी दिनमा पनि निरन्तर […]

पुरा पढ्नुहाेस्

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन,

काठमाडाैँ, १४ साउन २०८३ । लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन गरिएकाे छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गर्नुभएको हाे । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्दै आजै […]

पुरा पढ्नुहाेस्

आज नेपालको पहिलो सुरुङमार्गकाे उद्घाटन हुँदै, परीक्षण अवधिभर निःशुल्क

काठमाडाैँ, ११ साउन २०८३ । आज नेपालको पहिलो सुरुङमार्गकाे उद्घाटन हुँदैछ ।  नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुन लागेकाे हाे । आज उदघाटन भएपछि केही दिन सुरुङमार्ग परीक्षण अवधिमा सञ्चालन गरिनेछ । यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अरु अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग […]

पुरा पढ्नुहाेस्

आईफोन नदिएको निहुँमा साथीको हत्या, हत्यामा १५ वर्षका किशाेर समेत सामेल

बागलुङ, १० साउन २०८३ । आईफाेन नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते असिम वनको जन्मदिन मनाउन गएका थापाको गएको बिहीवार स्थानीय मनखोलामा शव फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप […]

पुरा पढ्नुहाेस्

काखमा दुधे बच्चा च्यापेर लघुवित्त पीडितहरू काठमाडाैँ आए

काठमाडाैँ, १० साउन २०८३ । काखमा दुधे बच्चा च्यापेर लघुवित्त पीडितहरू काठमाडाैँ आएका छन् । देशका विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त पीडितहरूले काठमाडाैँमा ‘राजधानी मार्च’ गरेका हुन् । कोही दूधे बच्चा काखमा च्यापेर मार्चमा सहभागी भएका छन् भने कतीपय कोही बिरामी भएकाहरू पनि सहभागी भएका छन् । काठमाडौंको बल्खुबाट सुरु भएको ‘राजधानी मार्च’ भद्रकालीमा आएर […]

पुरा पढ्नुहाेस्

डा. केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका सल्लाहकार सहितकाे टाेली धनगढी गयाे

काठमाडाैं, १० साउन २०८३ । धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका सल्लाहकार सहितकाे टाेली धनगढी गएकाे छ । प्रधानमन्त्री बालेन शाहका स्वास्थ सल्लाहकार जे.पी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा धनगढी गएका हुन् । धनगढी पुगेको टोलीले आजै डाक्टर केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेका छन् । […]

पुरा पढ्नुहाेस्

अब प्यान बिना राइड सेयरिङ गर्न नपाइने, यस्ताे छ नयाँ व्यवस्था

काठमाडाैं, ३२ असार २०८३ । अब प्यान बिना राइड सेयरिङ गर्न नपाइने भएकाे छ । सरकारले राइड सेयरिङ चालकलाई करको दायरामा समेट्न अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको हाे । आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ को दफा ७८ तथा आयकर नियमावली २०५९ को नियम २३ ले निर्धारण गरेको प्रावधान उद्धृत गर्दै राइड […]

पुरा पढ्नुहाेस्

वैकल्पिक व्यवस्था नगरी सुकुम्वासीलाई नहटाउनुः मानव अधिकार आयाेग

कठमाडाैँ, २५ असार २०८३ । राष्ट्रिय मानव अधिकार आयोगले  वैकल्पिक व्यवस्था नगरी सुकुम्वासीलाई नहटाउन सरकारलाई निर्देशन दिएकाे छ । सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी उनीहरूलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो । आयोगले अनुगमन गर्दा  वैकल्पिक व्यवस्था नमिलाई, पर्याप्त खाना नदिई र आवश्यक अभिभावकत्व नलिई सुकुम्वासीलाई हटाइएको एक […]

पुरा पढ्नुहाेस्

आफैँले सवारी हाँकेका उपमेयरको दुर्घटनामा परेर ज्यान गयो

प्युठान, १४ असार २०८३ । आफैँले सवारी हाँकेका उपमेयरको दुर्घटनामा परेर ज्यान गएको छ । गाडी दुर्घटनामा परी प्यूठानको स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख (उपमेयर) मिनराज राना मगरको मृत्यु भएको हो । शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा झन्डै ४०० मिटर तल खसेर दुर्घटना भएको […]

पुरा पढ्नुहाेस्

ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

चितवन, ८ असार २०८३ । चितवनकाे भरतपुर महानगरपालिका–१५ मा ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएकाे छ । भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ट्रकको पछाडि उतैतर्फ  गुडिरहेको स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको हाे। दुर्घटनामा स्कुटर चालक भरतपुर–२६ का २२ वर्षीय अशोक भण्डारी र स्कुटरमा सवार भरतपुर–२० बस्ने लमजुङ घर भएका १९ वर्षीय राजीव गुरुङकाे ज्यान […]

पुरा पढ्नुहाेस्