काठमाडौं, २४ वैशाख २०८३ ।
बलात्कार आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पातारासी–५ कै लासी बजारबाट उनलाई पक्राउ गरिएको थियाे ।
