काठमाडौँ, २४ असार २०८३ ।
वैदेशिक अध्ययन क्षेत्रका गतिविधि समेट्दै अब्रोड खबर डटकम सञ्चालनमा आएको छ । वैदेशिक अध्ययनका लागि सम्पूर्ण जानकारी दिने उद्देश्यले अब्रोड खबर सञ्चालनमा आएको हो ।
अध्ययनका लागि विदेश जाने विद्यार्थी, विश्वविद्यालय, सम्बन्धीत देश, परामर्श केन्द्र सहित विविध जानकारी अब्रोड खबरमा पाउन सकिने सञ्चालक अर्जुन तिम्सिनाले जानकारी दिनुभयो । नेपालका शैक्षिक परामर्श केन्द्रहरु, विदेशका विश्वविद्यालय, उक्त देशको कानुन, पाउने कामहरु, देशको स्थिति लगायत समग्र शैक्षिक तथा वैदेशिक क्षेत्रका खबरहरु एकै ठाउँमा हेर्न सकिने उहाँको भनाई छ ।
केहिदिन अघिबाट औपचारिक रुपमा सुरु भएको अब्रोड खबरले शैक्षिक क्षेत्रका समस्या, पीडितहरुको आवाज, यस क्षेत्रका अवसर लगायतका विषय उजागर गर्नेछ । काठमाडौँबाट सञ्चालित उक्त अनलाइन पोर्टल देश विदेशमा रहने सबैका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
अब्रोडखबरमा देश विदेशका शैक्षिक तथा वैदेशिक अध्ययन सम्बन्धी समाचार, वैदेशिक अध्ययनका अवसर, चुनौति लगायतका जानकारी पाउन सकिनेछ । विद्यार्थी, अभिभावक, परामर्श केन्द्र सहित सबै सर्वसाधारणहरुका लागि अब्रोड खबर प्रभावकारी हुने बताइएको छ ।
