देशका धेरैजसो ठाउँमा भाेलि पनि पानी पर्ने

माैसम समाचार

काठमाडाैँ, १७ असार २०८३ ।

 भाेलि पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना देखिएकाे छ । भोलि कोशी र बागमती प्रदेशलगायत देशका धेरैजसो पहाडी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएकाे हाे ।

पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । आज राति पनि हिमाली तथा पहाडी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

अहिलेपनि अधिकांश स्थानमा पानी परिरहेकाे छ ।