बुटवल, १३ वैशाख २०८३ ।
काठमाडाैंमा सुकुम्बासी बस्ती हटाउन थालेपछि बुटवलमा पनि सरकारी जग्गामा बनाएका टहरा भत्काउन सुरू भएकाे छ । बुटवल उपमहानगर वडा नं ४ उच्च अदालत अगाडि सरकारी जग्गामा बनेका टहराहरू डोजरले भत्काउन सुरू गरेको हाे ।
बुटवल उपमहानगरले शनिबार साँझ अबेर माइकिङ गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन भनेको थियो । उपमहानगरको निर्देशनपछि बिहानैदेखि त्यहाँ बनेका एक दर्जन टहराधनीले सामान अन्यत्र सारेकाले खाली भएकाले बिना अवरोध डोजर चलाएर शान्तिपूर्ण रुपमा भत्काइएको बुटवल उपमहानगरपालिका ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेलले जानकारी दिनुभयाे ।
तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाईएका संरचना भत्काउन लागिएको बताइएकाे छ । उक्त सरकारी जग्गामा बसेको वस्ती हटाउन २०७० सालमै स्थानीय दैनिक पत्रिकामा सूचना जारी गरिएको थियो । तर बस्ती हटेको थिएन ।
काठमाडाैंकाे सुकुम्बासी बस्तीकाे भिडियाे रिपाेर्ट हेर्नुहाेस् ।
