प्युठान, १४ असार २०८३ ।
आफैँले सवारी हाँकेका उपमेयरको दुर्घटनामा परेर ज्यान गएको छ । गाडी दुर्घटनामा परी प्यूठानको स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख (उपमेयर) मिनराज राना मगरको मृत्यु भएको हो ।
शनिबार बेलुकी पौने ५ बजेतिर उपमेयर मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी –२ बाङ्गेशालमा झन्डै ४०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय प्युठानका प्रहरी प्रमुख डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो । दुर्घटनास्थबाट उद्धार गरी उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भ्रिंगी पठाइएकोमा राति ९ः२० बजे डाक्टरले मृत घोषणा गरेको उहाँको भनाई छ ।
५० वर्षीय रानामगर २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए । उपमेयरको सवारी रूखमा अड्किएको अवस्थामा दुर्घटनाग्रस्त फेला परेको थियो ।
