सुजन प्रेमी सुवेदी
चितवन, ६ चैत २०८२ ।
चितवन सहित तराई मधेश क्षेत्रमा हिउँदे धान रोप्ने चटारो छ । अधिकांश स्थानमा धान रोपाईँ अन्तीम चरणमा पुगेको छ भने केहि स्थानमा मूख्य सिजन चलिरहेको छ । असारमा रोपिएको धान काटेर तोरी छरेको र तोरी भित्र्याएपछि धान रोपाईँ सुरु भएको किसानहरु बताउँछन् । तराई क्षेत्रमा मूख्यतः तीन बाली लगाउने गरिन्छ ।
पूर्वि चितवनको अधिकांश स्थानमा रोपाईँ सकिएको छ । केहि ठाउँमा अहिले धमाधम रोपाईँ भैरहेको छ । टाँडी, पर्सा, भण्डारा, लोथर लगायतका स्थानमा रोपाईँ भैरहको छ । यी स्थानमा नहर तथा कुलाको पानी प्रशस्त हुने भएकाले धान रोपाईँमा समस्या नभएको कृषकहरुले बताएका छन् ।
अलि सुख्खा हुने र पानीको अपर्याप्तता हुने ठाउँमा भने अहिले मकै लगाउने र असारमा धान रोप्ने तयारी भैरहेको छ । यहाँ पानीका लागि नहर, कुलो सहित बोरिङ समेत प्रयोग गर्ने गरिन्छ ।


