पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैया थप, यस्ताे छ सुविधा

पाेखरा, ३ कात्तिक २०८३ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैया थप भएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शैयाको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको हाे । नयाँ कक्षमा १६ शैयाको सघन उपचार कक्ष, आठ शैयाको कोरोनरी केयर युनिट र एक शैयाको आइसोलेसन आईसीयू रहेको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलले […]

पुरा पढ्नुहाेस्

आज दशैँको महानवमीः शक्तिपीठमा भक्तजनको घुइँचो, तलेजु मन्दिर खुला

काठमाडाैँ, ३ कात्तिक २०८३ । दशैँ अर्थात् नवरात्र अन्तर्गत आज महानवमी पर्व, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा दशैँ घर र कोतलगायत विभिन्न देवीमन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), देवीभागवत एवं देवीस्तोत्र पाठ गरी महानवमी मनाउने गरिन्छ । आजका दिन […]

पुरा पढ्नुहाेस्

काठमाडाैँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन, यस्ताे छ बस चल्ने रूट

काठमाडाैँ, २ कात्तिक २०८३ । काठमाडाैँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन भएकाे छ । दशैँको अवसरमा काठमाडाैँ उपत्यकामा सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको हाे  । दशैँमा काठमाडाैँ उपत्यकामा सार्वजनिक यातायातका साधन न्यून रूपमा चल्ने भएकाले आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ निःशुल्क २ वटा बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक […]

पुरा पढ्नुहाेस्

नुवाकोटको ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुलबाट आवतजावत खुल्यो, पुल सम्पन्न हुनै बाँकी

नुवाकाेट, १ कात्तिक २०८३ । नुवाकोटको ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुलबाट आवतजावत खुलेकाे छ । भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली नदीमाथिका दुई वटा पक्की पुल बगाएपछि अवरुद्ध बनेको आवतजावत झोलुङ्गे पुल निर्माणसँगै सहज भएको हाे । ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न हुन बाँकी रहे पनि स्थानीयवासीको सहजताका लागि […]

पुरा पढ्नुहाेस्

स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाले अनावश्यक परीक्षण गराए भुक्तानी नपाउने

काठमाडाैँ, ३१ असाेज २०८३ ।  स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनावश्यक परीक्षणको दाबी अस्वीकृत हुनेसहित पाँचबुँदे निर्देशन दिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको हाे । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी […]

पुरा पढ्नुहाेस्

दशैँको बेला काठमाडौँमा फोहोर नउठाइने, घरमै व्यवस्थापन गर्न महानगरको आग्रह

काठमाडाैँ, ३० असाेज २०८३ ।  दशैँको बेला काठमाडौँमा फोहोर नउठाइने भएकाे छ । कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाडौँ उपत्यकाको फोहोर नउठ्ने भएको हाे । दशैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि दशैँ मनाउन जाने हुँदा महानगरको तर्फबाट फोहोर व्यवस्थापन नहुने काठमाडौँ  महानगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै यस अवधिमा फोहोरलाई कुहिने […]

पुरा पढ्नुहाेस्

नेपालमै मल कारखाना खाेल्ने बाटाे खुल्याे, सरकारद्वारा प्रस्ताव आह्वान

काठमाडाैँ, २९ असाेज २०८३ ।  नेपालमै मल कारखाना खाेल्ने बाटाे खुलेकाे छ । सरकारले नेपालमै व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको हाे। वार्षिक करिब ५ लाख मेट्रिक टन उत्पादन क्षमता भएको व्यावसायिक हरित युरिया प्लान्ट स्थापनाका लागि विस्तृत अवधारणा तथा कार्यान्वयनको ढाँचा माग गर्दै प्रस्ताव आह्वान गरेको कृषि, वन तथा […]

पुरा पढ्नुहाेस्

आधा महिनापछि बागलुङ जिल्ला राष्ट्रिय सडकसँग जोडियो

सुजन प्रेमी सुवेदी बागलुङ, २६ असोज २०८३ ।   आधा महिनापछि बागलुङ जिल्ला राष्ट्रिय सडकसँग जोडिएको छ । गएको असोज ८ देखि ११ गतेसम्मकाे वर्षाले क्षति पुगेको मालढुङ्गाको पुल मर्मत भएसँगै बागलुङ सडकसँग जोडिएको हो । चाडबाड लागेसँगै दिनरात खटिएर पुल मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइएको सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । […]

पुरा पढ्नुहाेस्

आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडाैं, २६ असाेज २०८३ । दशैँकाे दास्राे दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गर्न लागिएकाे हाे । नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी […]

पुरा पढ्नुहाेस्

बूढीगण्डकी बाढी : ३५ घर बगे, मान्बु-सोती जोड्ने मोटरेबल पुल बगायो

गाेरखा, २५ असाेज २०८३ ।  गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको हो । बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा […]

पुरा पढ्नुहाेस्