अब विद्यार्थीहरूलाई अनिवार्य रुपमा ४५% भाडा छुट दिनुपर्ने, नदिए कारवाही हुने

काठमाडाैं, ९ वैशाख २०८३ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई अनिवार्य रुपमा ४५% भाडा छुट दिन निर्देशन दिएको छ । २०६५ सालमा नै नियम बनेपनि प्रभावकारी कार्यान्वयन नभएकाे भन्दै विभागले कडाइका साथ लागु गर्न निर्देशन दिएकाे हाे । विभागकाे सूचना यस्ताे छ ।

पुरा पढ्नुहाेस्

अब अनलाइनबाटै एनओसी लिन सकिने, बिचौलियाबाट ठगीने जोखिम हट्यो

काठमाडौं, ६ वैशाख २०८३ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले अब घरबाटै अनलाइनमार्फत ‘नो अब्जेक्सन सर्टिफिकेट’ अर्थात् एनओसी लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले यो सेवालाई पूर्णतः फेसलेस र अनलाइन बनाएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयसँग प्रणाली अन्तरआवद्धता गरिएको छ । अब विद्यार्थीले आवेदन […]

पुरा पढ्नुहाेस्

बैंकहरु भटाभट शाखा मर्ज गर्दै, सेवाग्राही र वित्तीय कारोबार घट्यो

काठमाडौ, ५ वैशाख २०८३ । नेपालका बैंकहरुले भटाभट शाखा समायोजन गर्न थालेका छन् । बाणिज्य देखि बिकास बैंकसमेतले सूचना निकाल्दै शाखा समायोजन गर्न थालेका हुन् । वित्तीय सूचकहरू कमजोर बन्दै जानु, कर्जा विस्तार सुस्त हुनु, खराब कर्जाको अनुपात बढ्नु र ब्याजदर ऐतिहासिक रूपमा न्यून तहमा झर्नुजस्ता कारणले बैंकहरू दबाबमा परेका छन् । यही दबाब व्यवस्थापन […]

पुरा पढ्नुहाेस्

अबदेखि सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह दिन नपाइने

काठमाडौं, ५ वैशाख २०८३ । अबदेखि सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह दिन नपाइने भएको छ  । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारसम्बन्धी सल्लाह नदिन डाक्टरहरूलाई निर्देशन दिएको हो । काउन्सिलले सूचना निकालेर फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा ‘अनलाइन परामर्श’ को नाममा डाक्टरहरूले उपचार विधि, औषधि प्रयोग र स्वास्थ्यसम्बन्धी सामग्री सार्वजनिक गर्ने क्रम […]

पुरा पढ्नुहाेस्

बागलुङमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गयाे

बागलुङ, ३ वैशाख २०८३ । बागलुङमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएकाे छ । बागलुङको बडिगाड गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ का ३५ वर्षीय किस्मत परियारको मृत्यु भएकाे हाे । बुधबार राती बडिगाड गाउँपालिका वडा नं ५ जोगीबगरमा पर्ने मध्यपहाडी लोकमार्गमा लु ३० प ७७२१ नम्बरको मोटरसाइकल अनियन्त्रित […]

पुरा पढ्नुहाेस्

पौडी खेल्दा बेपत्ता दुई जनामध्ये एक जनाको शव भेटियो

पाल्पा, २ वैशाख २०८३ । पौडी खेल्दा बेपत्ता दुई जनामध्ये एक जनाको शव भेटिएको छ । पाल्पाको बगनासकाली–७ दैलातुङ स्थित कालीगण्डकी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको हो । नयाँ वर्षको दिन हिजो बेलुका कालीगण्डकी नदीमा पौडी खेल्न गएका बगनासकाली गाउँपालिका–९ चाप्पानी पाल्पाका ३९ वर्षीय शरण भुसाल र त्यही ठाउँका […]

पुरा पढ्नुहाेस्

करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

सप्तरी, २८ चैत २०८२ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निवासी ६८ वर्षीय राजकुमार महतोको करेन्ट लागेर मृत्यु भएको हो। शुक्रबार बिहान ९ः४५ बजे आफ्नै घरअगाडि श्रीमती ६० वर्षीया जिरावती महतोसँग बसिरहेका बेला नजिकै रहेको विद्युत् पोलबाट […]

पुरा पढ्नुहाेस्

दैनिक झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छापिँदै, अब छिटै लाइसेन्स हातमा आउने

काठमाडौं, २६ चैत २०८२ । सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र पारेको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाकाअनुसार अहिले दैनिक झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छपाइ भइरहेको छ । अहिलेसम्म छपाइ हुन बाँकी रहेका झन्डै २९ लाख ‘लाइसेन्स’ लाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो […]

पुरा पढ्नुहाेस्

उपसभामुखमा श्रम संस्कृतिकी रुवी ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

काठमाडाैं, २६ चैत २०८२ । प्रतिनिधसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा ठाकुर र लामाले उम्मेदवारी दर्ता गराउनुभएको हो । संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको व्यक्ति हुनुपर्ने व्यवस्था […]

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको भाउ बढेपछि सार्वजनिक गाडीकाे भाडा बढ्याे

काठमाडौं, २५ चैत २०८२ । सरकारले सार्वजनिक यात्रुवाहक तथा मालवाहक गाडीकाे भाडा बढाएकाे छ । पेट्रोलियम पदार्थको भाउ निरन्तर बढेपछि सार्वजनिक गाडीकाे भाडा बढाइएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले भाडा समायाेजन गरेर अन्तर प्रदेश भाडा सूची सार्वजनिक गरेकाे छ । मन्त्रालयको निर्णयअनुसार यात्रुवाहक गाडीमा १६ दशमलव ७१ […]

पुरा पढ्नुहाेस्