पृथ्वी राजमार्गको ठाउँ ठाउँमा पहिरो, धादिङ खण्डमा मात्रै ७ ठाउँ अवरुद्ध

जिल्ला विशेष जीवनशैलि यातयात समाचार

धादिङ, ९ असोज २०८३ ।

पृथ्वी राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डमा मात्रै ७ ठाउँमा पहिरो गएको हो ।

पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालले जानकारी दिनुभएयो । पहिरोले कृष्णभिर र तिगराङ खोलामा सडक पूर्ण रूपमा अवरुद्ध छ भने बाँकी ५ ठाउँमा एकतर्फी सञ्चालन भैरहेको छ ।

कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भए पनि अन्य स्थानमा वर्षाका कारण र पहिरो निरन्तर खसिरहेका कारण पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्व पश्चिम यात्रा गर्ने यात्रुहरु समस्यामा परेका छन् ।