बूढीगण्डकी बाढी : ३५ घर बगे, मान्बु-सोती जोड्ने मोटरेबल पुल बगायो

गाेरखा, २५ असाेज २०८३ ।  गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको हो । बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा […]

पुरा पढ्नुहाेस्

हुम्लामा बेमासमी हिमपात, जनजीवन प्रभावित

हुम्ला, २१ असाेज २०८३ ।  हुम्लामा बेमासमी हिमपात हुँदा जनजीवन प्रभावित बनेकाे छ । हुम्लाकाे नाम्खा, सिमकोटलगायत उच्च हिमाली तथा अग्ला क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित भएकाे हाे । वर्षा र हिमपातका कारण चिसाे बढेकाले सतर्कता अपनाउन आग्रह  गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयाे । अहिले हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात […]

पुरा पढ्नुहाेस्

विपत्तिले थलिएको बालगुङः केन्द्रीय सडक सञ्जाल टुट्यो, सञ्चार र विद्युत अवरुद्ध

सुजन प्रेमी सुवेदी बागलुङ, १३ असोज २०८३ । बागलुङमा असोज ८ गतेदेखि ११ गतेसम्मको अविरल वर्षाले अकल्पनीय विपत्ति निम्त्याएको छ । बागलुङ जिल्लाका विभिन्न पालिकामा बाढी पहिरोले ठुलो जनधनको क्षति भएको हो । बाढी पहिरोका कारण बागलुङ जिल्लाका विभिन्न स्थानमा १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । शनिबार बागलुङको ताराखोला गाउँपालिकामा […]

पुरा पढ्नुहाेस्

बागलुङको जैमिनी सहित विभिन्न स्थानमा वर्षाको जोखिम, यी हुन् जोखिमक्षेत्र

सुजन प्रेमी सुवेदी बागलुङ, ८ असोज २०८३ । बागलुङको जैमिनी सहित विभिन्न स्थानमा वर्षाको जोखिम देखिएको छ । जैमिनीको विभिन्न वडा सहित बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र निसिखोला गाउंपालिकामा जोखिम देखिएको हो । जैमिनीको वडा नं १, वडा नं ३ दमेकको देउरालीखानी, वडा नं ६ अर्जेवाको तिरतिरे, वडा नं ७ जैदीको बाओँ, वडा नं ८ […]

पुरा पढ्नुहाेस्

आज रसुवा र नुवाकोटसहित ५० जिल्लामा बाढीको जोखिम

काठमाडाैं, १८ भदाै २०८३ । आज ५० जिल्लामा बाढीको जोखिम रहेकाे छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार रसुवा र नुवाकोटसहित ५० जिल्लामा बाढीको जोखिम रहेकाे हाे । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ , मनाङ्ग, मुस्ताङ, म्याग्दी, […]

पुरा पढ्नुहाेस्

देशका धेरैजसो ठाउँमा भाेलि पनि पानी पर्ने

काठमाडाैँ, १७ असार २०८३ ।  भाेलि पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना देखिएकाे छ । भोलि कोशी र बागमती प्रदेशलगायत देशका धेरैजसो पहाडी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएकाे हाे । पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधजस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम […]

पुरा पढ्नुहाेस्

यस वर्षको मनसुनबाट लाखाैँ जनसङ्ख्या प्रभावित हुने आकलन

काठमाडाैं, १ जेठ २०८३ । यस वर्ष मनसुनजन्य विपदबाट २ लाख २६ हजार जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने आकलन गरेको हो । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा कम […]

पुरा पढ्नुहाेस्

अझै केहि दिन पानी पर्ने सम्भावना, यस्तो छ मौसमी अवस्था

काठमाडौ, २१ वैशाख २०८३ । अझै केही दिन पानी पर्ने सम्भावना देखिएको छ । पानी पर्ने प्रणाली सक्रिय देखिएकाले केहि ठाउँमा पानी पर्ने सम्भावना देखिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका एक, दुई ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ सहित ठूलो वर्षाको सम्भावना छ । अरु प्रदेशका केही ठाउँमा पनि हावाहुरी, […]

पुरा पढ्नुहाेस्

आज पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ७ चैत २०८२ ।  आज पनि देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेकाले वर्षाको सम्भावना रहेको हो । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको मौसम […]

पुरा पढ्नुहाेस्

आउँदाे तीन दिन देशका विभिन्न भागमा ठूलाे वर्षा, हिमपात र तीव्र गतिकाे हावाहुरीको सम्भावना

काठमाडौँ, ५ चैत २०८२ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आउँदाे तीन दिन देशका विभिन्न भागमा ठूलाे वर्षा, हिमपात र तीव्र गतिकाे हावाहुरीको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेकाे मौसम पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले भाेलि शुक्रवारदेखि मौसममा उल्लेख्य परिवर्तन […]

पुरा पढ्नुहाेस्